एन्फा विवाद चाँडै समाधान गर्न राखेपको सुझाव
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ ।
भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् ।
‘पछिल्लो बैठकमा भएका कमजोरीलाई छिट्टै सल्ट्याउँदै जानुहोस् । विधान अनुसार निर्वाचित भएर आएको नयाँ कार्यसमितिले, एन्फाले गर्नुपर्ने सबै कार्यहरु गर्नुपर्छ । यो हराउनु हुँदैन । यसले गति लिनुपर्छ’, घिसिङले भने
एन्फाको बिहीबार तय भएको दोस्रो कार्यसमिति बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो ।
बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्षले बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भए पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ पदाधिकारीरसदस्यले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका छन् ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...