ताजा समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

साउन १७, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो । पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् ।उनलाई निमोनियाको लक्षण पनि देखिएको छ ।

स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org