ताजा समाचार

नेपालमा थप ७६० जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको परीक्षणमा गर्दा ७६० जनामा संक्रमित पुष्टि भएको हो ।

दुई हजार ५८९ जनाको पिसिआर परीक्षणमा ४९४ र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधिमा एक जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९६९ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org