मन्त्री श्रेष्ठमाथि कानुन नमानेकोमा अनुसन्धान गरियोस्: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।
सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग कुँवरलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।
कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।
‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंगजी भन्नु हुन्छ– ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’ यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।
आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् ।
Comments
अरु समाचार
-
ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु
काठमाडौं । ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । गएराती...
-
काठमाडौं आउँदै गरेको बस दुर्घटना
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा...
-
मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना...
-
त्रिभुवन विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातुसहित चारजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा भन्सार छली...
-
बागमती प्रदेशमा एक वर्षमा विपदबाट ६१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ । गतवर्षको जेठदेखि...
-
परपुरुषसँग रङ्गेहात भेटेपछि शान्ती सेनाबाट फर्किएका श्रीमानले गरे श्रीमतीको हत्या
काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्धामा नेपाली सेनाका एक अमल्दार पक्रउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनलाई नेपाल...
-
यात्रुवाहक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु सातजना घाइते
काठमाडौं । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु र सातजना घाइते भएका छन्।...
-
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
काठमाडौं । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन...
-
स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ
काठमाडौं । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ...