परपुरुषसँग रङ्गेहात भेटेपछि शान्ती सेनाबाट फर्किएका श्रीमानले गरे श्रीमतीको हत्या
काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्धामा नेपाली सेनाका एक अमल्दार पक्रउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सल्यानको कपुरकोट गाउँपालिका–६ स्थायी ठेगाना भई हाल बारास्थित ज्वालादल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नी ३१ वर्षीय श्रीमतीलाई परपुरुष सँग रङ्गेहात फेला पारेपछि खुडा प्रहार गरेर हत्या गरेको जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, राप्ती टोलमा डेरा गरी बस्दै आएका अमल्दार बुढाथोकी हालसालै शान्तिसेनाबाट फर्किएको प्रहरीको समेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान घर आएका उनले श्रीमती टिकालाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेका थिए । त्यसपछि उनले दुवैलाई खुडा प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिकालाई उपचारार्थ राप्ती प्रादेशिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । त्यस्तै, टिकाको साथमा फेला पारेका २९ वर्षीय आर्यन थापा गम्भीर घाइते छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...
-
लागूऔषधसहित पक्राउ २ जना पक्राउ
काठमाडौं । कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक...
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
-
लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जना पक्राउ
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको...
-
मकवानपुरबाट २ सय १२ किलोग्राम गाँजा बरामद
काठमाडौं । मकवानपुर प्रहरीले ठुलो परिमाणको लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै...
-
वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा एक महिला पक्राउ
काठमाडौं । वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिव्दीकोट गाउँपालिका–५, हर्केखर्क...
-
देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो...
-
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका...