महावीर पुन आन्दोलनमा, आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको आरोप
काठमाडौ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गर्नु भएको छ । शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि उनले आन्दोलन सुरु गर्नु भएको हो । सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको पुनले बताउनु भयाृे ।
पुनले नेपाल आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यसबारे जनस्तरमा सचेतना जगाउन लागि आन्दोलन गर्नुपरेको उल्लेख गर्नुभयो । अर्थतन्त्र सधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य भएको पुनले बताउनु भयो । ‘अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकताकासाथ अनुसन्धान,आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानीगर्नुपर्छ। नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता न नदिएकाले अर्थतन्त्र सुधार भएन,’उहाँले भन्नुभयो ।
यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुन पुग्नु भएको थियो । सबै मन्त्री र नेताहरूसँग भेट्दा समेत केही गर्न नसकिएको गुनासो उहाँको छ। उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दा समेत सरकारले नदेखेको आरोप समेत लगाउनु भयो । ‘प्रतिभा भएका विद्यार्थी तथा भावी सन्ततिहरुका लागि आन्दोलन गर्नुपरेको हो। नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौं। यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको हो,’ पुनले भन्नुभयो ।
Comments
अरु समाचार
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...
-
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको...
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित...
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ...
-
प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको...
-
भारतमा आज दोस्रो चरणको मतदान हुँदै
काठमाडौं । भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान...