प्रधानमन्त्री प्रतिपक्षीलाई मुद्दामा फसाउने खेलमा लागेको ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणी गरेका छन् । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौती दिनु भएको छ । राष्ट्रिय युवा संघको वैठकमा सोमवार बोल्दै ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने बताउनु भयो । तर, आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने उहाँको भनाइ छ ।
ओलीले भन्नुभयो,‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागिरहनुभएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ ।’ उहाँले निर्दोषलाई फसाउने कोशिष नगर्न चेतावनी दिए । आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्रीले दिएको प्रतिक्रियामा पनि ओलीले आपत्ति जनाउनु भयो ।
‘प्रचण्डलाई जनतलो चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ रु मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’ओलीले भन्नुभयो ।
ओलीले थप्नु भयो, ‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सँधै टेलर मात्र किन सिनेमा चलाउनुस । किन हल रित्तै रु किन ताला लाग्या छ रु सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...