‘नयाँ पार्टी पानीका फोकाजस्तै हुन्,धेरैदिन टिक्दैनन्’
डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ पार्टीहरु धेरैदिन नटिक्ने टिप्पणी गरेका छन् । ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन् । आत्तिनु पर्दैन । पानीको फोका धेरैबेर टिक्दैन ।’
कांग्रेस केन्द्रीय सदस्य महरले भने ‘अहिलेका नयाँ शक्ति पानीको फोकाजस्तै हुन् । यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ चुटेरमात्र देश बन्दैन ।’ कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसका नेताहरूले ग्रासरुटबाट नै जनताको काम गर्नुपर्ने बताएका छ । उनले ग्रासरुटबाट नै नेताहरूले काम गरे त्यसको प्रभाव देखिने बताए ।
‘कांग्रेस जनमैत्री हुनुपर्छ । त्यसका लागि हामीले जनताकै काम गर्नुपर्छ । ग्रासरुटबाट काम गर्ने नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ । त्यसैले स्थानीय पालिकादेखि माथिसम्मका नेताहरूले असल काम गरेमात्र ठिक ठाउँमा पुगिन्छ’ उनले भने । स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले उनले देखिनेगरी प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समाज र परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न पनि सुझाव दिएका छन् ।पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए । ‘पछिल्लो समय इतिहास कसैले खोज्दैनन् । सतही कुराको पछि लाग्छन् । जुन गलत छ । यसले मुलुकलाई दीर्घकालिन फाइँदा पुग्दैन’ उनले भने ।डडेल्धुरामा बजेट धेरै परेको भनेर काठमाडौंमा विरोध भइरहेको र त्यसको तुक नरहेको पनि उनले बताए ।
Comments
अरु समाचार
-
काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो
काठमाडाैँ । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४...
-
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय...
-
मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । बिहीबार...
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...