युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति,आजदेखि पठन पाठन र उपचार सेवा सुरु हुने
काठमाडौं । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन विद्यार्थीले फिर्ता लिएका छन् ।
गत असोज २२ गतेदेखि ड्रेस कोडको विषयमा असहमति जनाउँदै सुरु भएको आन्दोलन पछिल्लो समय प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकको राजीनामासम्म पुगेको थियो । असोज २२ गतेबाट सुरु भएको आन्दोलनका कारण कलेजमा पढाइ र अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी गराएका छन् ।
आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह–प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।
विद्यार्थीहरुले प्रिन्सिपल पाठकलाई पाँच दिनसम्म बन्धकसमेत बनाएका थिए । पछि प्रशासनले प्रिन्सिपल पाठकलाई उद्धार गरेको थियो । प्रिन्सिपल पाठकले भने राजीनामा नदिने अडान लिंदै आएकी थिइन् । जसले गर्दा आन्दोलन एक महिनासम्म लम्बिएको थियो ।
नयाँ ड्रेस कोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने मागमा स्थानीय प्रशासनको अगुवाइमा असोज २७ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा ड्रेस कोडको निर्णय हाललाई स्थगन गर्ने लिखित सम्झौता भएको थियो । तर, विद्यार्थीहरुले प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन जारी राखेका थिए ।
विद्यार्थीहरु प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा थिए ।
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...