पानोरामा टीभीले सुरु गरेको ‘स्पीकर नेपाल’ मा आरिश्या रोक्का प्रथम
काठमाडौं । पानोरमा टेलिभिजनले सुरु गरेको ‘स्पीकर नेपाल ‘ आरिश्या रोक्का हुन सफल हुनु भएको छ । आफूसँग प्रतिस्पधा गर्ने २० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा ८ मा अध्ययनरत आरिश्या रोक्का प्रथम हुन सफल हुनु भएको हो ।
रोक्काले आलिसान वर्ल्ड पर्निचरबाट नगद राशी २५ हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । फाइनल राउण्डमा लिट्टिल एञ्जल्स स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, अनल ज्योति स्कुल, ब्राइट फ्यूच्चर स्कुल र नेवा इङ्लिस स्कुलका गरि २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीहरुले कक्षा–कोठाको महत्व, ज्ञान नै शक्ति हो र नेपालमा कृषिको महत्व विषयमा आफ्नो मन्तव्य दिएका थिए ।
स्पीकर नेपाल कार्यक्रमको यही २०८० साल जेठ महिनादेखि अडिसन राउण्ड सुरु भएको हो । काठमाण्डौं उपत्यकाको करिब २५ वटा विद्यालयहरुले यस कार्यक्रममा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा रेडियो कान्तिपुरका संचारकर्मी अम्बिका श्रेष्ठ, शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी क्वालिफाइड राउण्डमा शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्री र डा. संगिता जोशीले गर्नु भएको थियो । यसैगरि फाइनल राउण्डमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, शिक्षाकर्मी विनोदकुमार शाह र मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नु भएको थियो ।
पानोरमा टेलिभिजनका सीईओ तथा अध्यक्ष श्याम तण्डुकारले विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले स्पीकर नेपालको आयोजना गरिएको जानकारी दिनु भयो । अध्यक्ष तण्डुकार भन्नुहुन्छ, ‘अडिसन राउण्डमा आउँदा र फाइनल राउण्डसम्म आईपुग्दा विद्यार्थीहरुमा निकै निखार आईसकेको छ । स्पीकर नेपाल कार्यक्रमलाई सफल बनाउनको लागि देशभरका प्रिन्सिपलहरुले यो हाम्रो आफ्नै कार्यक्रम हो भन्ने कुरा भित्री मनमा लिनुपर्छ ।’
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...