‘सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग’ले राजस्व अनुसन्धान विभागका उपसचिव पौडेललाई पुरस्कृत गर्न सिफारिस गर्यो
काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ । ६१ किलो सुन तस्करीसम्बन्धी प्रभावकारी अनुसन्धान गरेको भन्दै पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको हो । आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्वाह गरेकोमा पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।
उपसचिव पौडेलले बरामद भएको ६१ किलो सुनको प्रारम्भिक अनुसन्धान परिणाम आउने गरी गर्नु भएको थियो । गत साउन ३ गतेदेखि १९ गते सम्मको अनुसन्धानमा संगठित अपराधको तत्व देखिएकाले थप अनुसन्धान सीआइबीबाट हुने गरी उपसचिव पौडेलको सक्रियतामा नेपाल प्रहरीमा फाइल हन्तान्तरण भएको थियो । सुन प्रकरणको प्रारम्भिक अनुसन्धान र प्रक्रियामा भूमिका देखिएकाले उपसचिव पौडेललाई पुरस्कृत गर्न लागिएको बुझिएको छ ।
उपसचिव पौडेलले १८ दिनसम्म गरेको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिङलगायत काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ । यसअघि पौडेल ‘उत्कृष्ट निजामती कर्मचारी २०७९’ बाट सम्मानित हुनु भएको थियो ।
आयोगले छानबिन गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरोका पदाधिकारी, अन्य धेरैलाई मुद्धा चलाउने र विभागीय कारबाही गर्ने सिफारिस गर्दा पनि उपसचिव पौडेल एक मात्र त्यस्ता व्यक्ति हुन् जसलाई छानविन समितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै आयोगले सिफारिस गरेको हो ।
यस्तै जाँचबुझ आयोगले कम्प्युटर अपरेटर धनराज बुढालाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ । अपरेट बुढाले पनि ६१ किलो सुन प्रकरणको प्रारम्भिक अन्सन्धानमा भूमिका खेलेको आयोगको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...
-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको...