पाेखरामा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् ।
उनी पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उहाँले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिनुभयो।
पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सपुतले प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई स्टेजमा आमन्त्रण गर्दै नृत्य गर्न आग्रह गर्नुभयो।आग्रहपछि सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो…’ मा अतिथिले नृत्य गर्दा पोखरेली दर्शकसमेत नाचेका थिए।
कार्यक्रममा गायक सपुतसँगै पोखरासँग सम्बन्धित गीत गाएका गायकले गीत सुनाए।गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीत सुनाए भने धर्मेन्द्र सेवानले ‘रेश फिरिरी’ सुनाएर अग्रज गन्धर्व गायकको सम्झना गराए।
सरुभक्तको शब्द रहेको ‘हङकङ पोखरा’ गीत सुनाउँदै विवेक श्रेष्ठले गीतले देश विदेशमा भएका नेपालीलाई जोड्ने विचार राख्नुभयो।सो अवसरमा नेपाली साहित्य र भाषामा उल्लेख्य योगदान गरेकोमा प्रा.डा. मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ।
कार्यक्रममा ‘पोखरा त सच्चिकैको पोखरा नै रैछ’ गीतका गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’ र भूगोलविद् डा. हर्क गुरुङलाई समेत मरणोपरान्त सम्मान गरिएको छ।
Comments
अरु समाचार
-
कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण
काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५...
-
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
काठमाडाैं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’
काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’...
-
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम...
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...