अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा यही चैत्र २५ देखि २०८१ साल वैशाख १ गतेसम्म सञ्चालन हुने प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
देश खेलकुद विकास परिषद्, बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा रहेको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत २५ गते प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को उद्घाटन गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रतियोगिताको समापन वैशाख १ गते, मकवानपुरको गौरिटार रंगशालामा गर्नेछन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमामार्फत भरतपुर महानगरपालिकाको पर्यटन वर्ष समेत सफल बनाउने उद्देश्य रहेको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ९ खेल समावेश छ । जसमा पुरुष फुटबल मकवानपुरको गैरिटार रंगशालामा हुनेछ भने अन्य सम्पूर्ण खेलहरु भरपुर महानगर भित्रै हुनेछ ।
एथ्लेटिक्स खेल चैत २६-२७ गते चितवन रंगशालमा हुनेछ भने भलिबल चैत २६ देखि २८ सम्म गेस्ट हाउस चौर भरतपुरमा हुनेछ । यस्तै महिला फुटबल चैत २६ देखि वैशाख १ सम्म बखत स्मृति रंगशालमा, भतरपुरमा हुनेछ भने पुरुष फुटबल चैत २६ देखि बैशाख १ सम्म गौरिटार रंगशाला हेटौंडामा हुनेछ ।
कराते चैत्र २६ देखि २७ सम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ भने तेक्वान्दो चैत्र २६ देखि २७ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ ।
बक्सिङ चैत्र २६ देखि २९ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमै हुनेछ । पौडी चैत्र २६ देखि २७ गतेसम्म एलटिके हबेली, भरतपुर र ब्याडडमिन्टन चैत्र २६ देखि २८ गतेसम्म भरतपुर कभर्डहलमा हुनेछ ।
महिला क्रिकेट चैत्र २४ देखि २७ गतेसम्म र पुरुष क्रिकेट चैत २८ देखि बैशाख १ गतेसम्म गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, भरतपुरमा हुनेछ ।
प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्य पदकका लागि ७ प्रदेशका एक हजार ५४७ खेलाडीहरुले प्रतिस्पर्दा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ५ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्नेछन् । विजेता खेलाडीले शिल्ड, मेडल, प्रमाणपत्र र प्रतियोगिताको खेलगत उत्कृष्ट खेलाडीले नगद १० हजारसहित आकर्षक ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको टिम च्याम्पियनले उत्कृष्ट चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ । प्रतियोगिताको जम्मा लागत अनुमान १२ करोड रहेको छ |
प्रतियोगितामा सहभागि हुने सातै प्रदेशका सहभागी टिमलाई स्पोर्टस किट्स उपलब्ध गराइनेछ ।
खेलाडीहरुलाई खाना र बसोबासबापत प्रतिदिन २ हजारका दरले १५ प्रतिशत कर कट्टि गरी उपलब्ध गराइनेछ । सरकारी दर अनुसार यातायात खर्च पनि प्रदान गरिनेछ |
प्रतियोगिता अगाडी नेशनल एन्टिडोपिङ एजेन्सीले खेलाडीहरुलाई एन्टिडोपिङ सम्बन्धी कक्षा संचालन गर्नेछ । साथै त्रिभुवन विश्वविद्यालय स्पोर्टस साइन्स डिपार्टमेन्टको सहकार्यमा प्रतियोगितामो रिसर्च गरिनेछ ।
प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सामाजिक विकास मन्त्रीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।
परिषद्को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । विभिन्न ५ उपसमितिहरु र ९ प्राविधिक समितिहरु गठन गरिएको छ ।
Comments
अरु समाचार
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आजको राशिफलः २०८१ जेठ ३ गते बिहीवार
मेष: प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...