ताजा समाचार

अन्तर प्रदेश राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा यही चैत्र २५ देखि २०८१ साल वैशाख १ गतेसम्म सञ्चालन हुने प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।

देश खेलकुद विकास परिषद्, बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा रहेको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत २५ गते प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० को उद्‌घाटन गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले प्रतियोगिताको समापन वैशाख १ गते, मकवानपुरको गौरिटार रंगशालामा गर्नेछन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमामार्फत भरतपुर महानगरपालिकाको पर्यटन वर्ष समेत सफल बनाउने उद्देश्य रहेको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ९ खेल समावेश छ । जसमा पुरुष फुटबल मकवानपुरको गैरिटार रंगशालामा हुनेछ भने अन्य सम्पूर्ण खेलहरु भरपुर महानगर भित्रै हुनेछ ।

एथ्लेटिक्स खेल चैत २६-२७ गते चितवन रंगशालमा हुनेछ भने भलिबल चैत २६ देखि २८ सम्म गेस्ट हाउस चौर भरतपुरमा हुनेछ । यस्तै महिला फुटबल चैत २६ देखि वैशाख १ सम्म बखत स्मृति रंगशालमा, भतरपुरमा हुनेछ भने पुरुष फुटबल चैत २६ देखि बैशाख १ सम्म गौरिटार रंगशाला हेटौंडामा हुनेछ ।

कराते चैत्र २६ देखि २७ सम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ भने तेक्वान्दो चैत्र २६ देखि २७ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमा हुनेछ ।

बक्सिङ चैत्र २६ देखि २९ गतेसम्म औद्योगिक प्रदर्शनी हल, भरतपुरमै हुनेछ । पौडी चैत्र २६ देखि २७ गतेसम्म एलटिके हबेली, भरतपुर र  ब्याडडमिन्टन चैत्र २६ देखि २८ गतेसम्म भरतपुर कभर्डहलमा हुनेछ ।

महिला क्रिकेट चैत्र २४ देखि २७ गतेसम्म र पुरुष क्रिकेट चैत २८ देखि बैशाख १ गतेसम्म गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, भरतपुरमा हुनेछ ।

प्रतियोगितामा १३६ स्वर्ण, १३६ रजत र १८४ कांस्य पदकका लागि ७ प्रदेशका एक हजार ५४७ खेलाडीहरुले प्रतिस्पर्दा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले ५ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले ३ हजार प्राप्त गर्नेछन् । विजेता खेलाडीले शिल्ड, मेडल, प्रमाणपत्र र प्रतियोगिताको खेलगत उत्कृष्ट खेलाडीले नगद १० हजारसहित आकर्षक ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको टिम च्याम्पियनले उत्कृष्ट चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ । प्रतियोगिताको जम्मा लागत अनुमान १२ करोड रहेको छ |

प्रतियोगितामा सहभागि हुने सातै प्रदेशका सहभागी टिमलाई स्पोर्टस किट्स उपलब्ध गराइनेछ ।

खेलाडीहरुलाई खाना र बसोबासबापत प्रतिदिन २ हजारका दरले १५ प्रतिशत कर कट्टि गरी उपलब्ध गराइनेछ । सरकारी दर अनुसार यातायात खर्च पनि प्रदान गरिनेछ |

प्रतियोगिता अगाडी नेशनल एन्टिडोपिङ एजेन्सीले खेलाडीहरुलाई एन्टिडोपिङ सम्बन्धी कक्षा संचालन गर्नेछ । साथै त्रिभुवन विश्वविद्यालय स्पोर्टस साइन्स डिपार्टमेन्टको सहकार्यमा प्रतियोगितामो रिसर्च गरिनेछ ।

प्रतियोगितालाई  भव्य रुपमा सम्पन्‍न गर्न सामाजिक विकास मन्त्रीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।

परिषद्‍को सदस्य सचिवको अध्यक्षतामा कार्यकारी समिति गठन गरिएको छ । विभिन्न ५ उपसमितिहरु र ९ प्राविधिक समितिहरु गठन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org