अमेरिकी राष्ट्रपति वाइडेको दबाबपछि इरान–इजरायल युद्ध तत्कालका लागि रोकियो
जेरुसलाम । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको छ ।
इजरायलको मन्त्रिपरिषद बैठकले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेपछि तत्कालका लागि दुई देशबीचको युद्ध रोकिने देखिएको हो । दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्स लगयातका देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरु इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।
तर इरानले अब थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कुटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्स लगायतका देशले पनि सहयोग गरेका थिए । इरानले गरेको अत्याधुनिक रकेट प्रहारलाई विफल बनाएको कारण अहिले विश्वभर नै इजरायली प्रतिरक्षा प्रणालीको चर्चा भइरहेको छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
आजको राशिफलः २०८१ जेठ ३ गते बिहीवार
मेष: प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य
काठमाडौं । आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...