टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान सुरु
काठमाडौं । कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ ।
टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सक सेवा, प्रयोगशाला परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरिएको छ । यसका साथै क्षयरोग परीक्षण र आँखा उपचार सेवा प्रदान गर्न थालिएको छ ।
शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए । “नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिकको घरदैलोसम्म उपचार सेवा पुर्याउने लक्ष्य लिइएको छ”, उनले भने, “पहिलो दिन आइतबार तीन सय एकजनाको उपचार गरिएको छ । वडा नं २ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नशा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् ।
थारू समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि प्रयोगशाला सुविधा गाउँगाउँमा लगिएको र शङ्का लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । नगरपालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य उपचार सेवा लिनुभएका रामेश्वर चौधरीले खुसी लागेको बताए । “आँखा, कान तथा नसासम्बन्धी समस्या थियो”, उनले भने, “राम्ररी हिँड्न सक्दिनँ, नातिले लिएर आएको हो । एकै ठाउँमा सबै उपचार पाएँ । नगरपालिकाले राम्रो सेवा दियो ।”
नगरप्रमुख रामलाल डगौरा थारूले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले नगरपालिकाले गाउँगाउँमा सेवा दिन थालेकोे बताउनुभयो । “हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो”, उनले भने, “एकै ठाउँमा धेरै खाले उपचारका लागि एकीकृत सेवा दिन थालेका हौँ ।”
वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताए । स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्रीकृष्ण आँखा अस्पतालका चिकित्सकले उपचार सेवा दिनेछन् ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी
काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...