टी-२० विश्वकप: नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एकरएक अंक बाँडेका छन् ।
मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।
आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एकरएक अंक बाँडेका हुन् ।जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
नेपालले अब सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाल समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर-८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगिसकेको छ ।
बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा एकमा जित र एकमा हारसहित दुईरदुई अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा एक अंकका साथ चौथो स्थानमा छ । श्रीलंका ३ खेलमा एक अंकका साथ पुछारमा छ ।
Comments
अरु समाचार
-
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं । एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
राजस्व अनुसन्धान विभागको सकृयता बढ्यो, राजस्व छलीका मालवाहक कन्टेनर र गाडीको विभागमा लाइन
काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन परिसरमा अहिले राजस्व छलि र चुहावट गरेका मालवाहक कन्टेनर र गाडीले भरिभराउ रहेका...
-
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
एसइईको नतिजा भोलि बिहीबार प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका...
-
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना–६, जलबीरेमा माथिबाट पहिरो खसेको कारण सडक अवरुद्ध भएको नेपाल...
-
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा...
-
प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको...