गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नै नमिलेको भन्दै एमालेले जवाफ मागेपछि सत्तापक्षकै आग्रहमा सभामुख कृष्ण धितालले संसद स्थगित गरेका छन् । एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बजेटमा प्रस्तुत गरिएको अंकको हिसाबकिताब नै गल्ती भएको भन्दै त्यसको जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै जवाफ मागेका थिए । असार १ गते गण्डकीका अर्थमन्त्री डा। टकराज गुरुङले ल्याएको बजेटको राजस्व र व्ययको वार्षिक अनुमाथि सामान्य छलफलको क्रममा एमाले उपनेता थापाले सरकारको हिसाब नमिलेको भन्दै प्रश्न उठाएका थिए ।
छलफलको सुरुमा कांग्रेसका सांसद अशोक श्रेष्ठले आफ्नो भनाइ राखेलगत्तै एमालेका थापा छलफलमा भाग लिन पुगेका थिए । हिसाब नै नमिल्नुले नैतिकताको संकट अर्थमन्त्री र सरकारप्रति देखा परेको थापाको भनाइ थियो । आर्थिक वर्ष २०८१ र २०८२ लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरिएको थियो । त्यसमा प्राप्त हुने रकम १२ अर्ब ५८ करोड ५४ लाख, राजस्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँडबाट ४८ करोड १०, आन्तरिक राजस्वतर्फबाट ५ अर्ब १७ करोड र आन्तरिक ऋणबाट १ अर्ब ७० करोड स्रोत उल्लेख गरिएको छ ।
त्यसैगरी, २०८० र ०८१ को बजेट कार्यान्वयन पश्चात २ अर्ब ९४ करोड रुपैयाँ मौज्दात रहने भनिएको छ । सरकारले भनेको यो कुल बजेटको हिसाबै नमिलेको भन्दै एमाले संसदीय दलका उपनेता थापाले संसदमा सरकारको जवाफ मागे । ‘९६ करोड १९ लाख ७५ हजार रुपैयाँको हिसाबै पुगेन । यसलाई हामीले कसरी लिने हो रु’ थापाले सरकारको जवाफ मागे ।
चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणमा ३३ अर्ब ४२ करोड ७२ लाख बजेट विनियोजन गरिएकोमा वैशाख मसान्तसम्म १३ अर्ब २९ करोड २१ लाख ५९ हजार खर्च भएको लेखिएको थापाले बताए । सोही पुस्तकको वैशाख मसान्तसम्मको अवधिमा १२ अर्ब ३७ करोड ४ लाख १६ हजार रुपैयाँ लेखिएको थापाको भनाइ थियो । ७ करोड ८२ लाख ५२ हजार रुपैयाँ यो हिसाबमा नमिलेको भन्दै थापाले त्यो कहाँ गयो रु भनेर जवाफ मागे ।
१ रुपैयाँ पनि हिसाबकिताब नमिले सरकारको गतिविधि अगाडि बढ्न नसक्ने थापाको भनाइ छ । मन्त्रालयगत प्रगति विवरण पुस्तकमा चालुको मौज्दात नगद २ अर्ब ३३ करोड ५३ लाख २ हजार लेखिएको छ । तर, बजेट बक्तव्यको पृष्ठ १९ मा २ अर्ब ९४ करोड लेखिएको र मौज्दात रकम नै फरक परेको भन्दै थापाले ध्यानाकर्षण गराए ।
त्यसैगरी, नेपाल सरकारबाट प्रदेश सरकारलाई अनुदान शीर्षकमा २०८० र ०८१ को समानीकरण, ससर्त, समपूरक र विशेषको रकम संख्यामा जोडघटाउ नै नमिलेको थापाले दाबी गरे । सोही पुस्तकमा चालु आर्थिक वर्षमा ३३ अर्ब लेखेर खाली राखिएको थापाले बताए ।
सबैलाई संसद भैलो खेलेजस्तो भएको भन्दै एमाले उपनेता थापाले देउसुरे भन्दा दक्षिणा कति आए खुसी हुने, नभए सराप्ने रोग पनि सबैमा रहेको उल्लेख गरे । आफूले पूर्वाग्रह नराखेको भन्दै थापाले हिसाबकिताबको जवाफ नदिइ संसद चल्न नसक्ने प्रस्ताव संसदमा राखे । थापाको भनाइ राखेलगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले समय मागेर बजेटको अंकसँग जोडिएको विषय राखेको र सरकारको धारणा माग गर्ने बताए । नेपालीले सभामुखबाट रुलिङको माग गरे । सभामुख कृष्णप्रसादले सरकारको तयारीबारे सोधेका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अर्थमन्त्री डा. टकराज गुरुङले छलफल गरेर संसद स्थागित गर्न भनेपछि सभामुख धितालले १० मिनेटका लागि संसद स्थगित भएको बताएका थिए । अहिले आधा घन्टा बितिसक्दा पनि संसद सुरु हुन सकेको छैन । चालु आर्थिक वर्षको बजेट ल्याउँदा पनि एमाले उपनेता थापाले सरकारको बजेटको हिसाब नमिलेको भन्दै जवाफ मागेका थिए । एमालेले बजेटको विरोध गरेपछि संसद स्थगित नै भएको थियो र सच्याएर ल्याउने अर्थमन्त्री जीतप्रकाश आलेले रोस्टमबाटै प्रतिवद्धता जनाएपछि बल्ल बजेटमाथिको छलफल सुरु भएको थियो ।
Comments
अरु समाचार
-
प्रतिनिधि सभाको बैठक बस्दै,गृह,अर्थ र शिक्षा मन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।...
-
इङ्ग्ल्यान्ड र स्पेन यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । इङ्ग्ल्यान्ड यूईएफए युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा...
-
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
कमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित बनाउनु पर्छः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता...
-
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ ।महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा...
-
विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट किन लिए सन्यास ?
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को...