ताजा समाचार

टी–२० विश्वकपः अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलिया विरुद्ध ऐतिहासिक जित निकालेको छ।

आज एर्नोस भेले ग्राउन्डमा भएको खेलमा अस्ट्रेलियालाई २१ रनले हराउँदै अफगास्तिानले सुपर ८ मा आफ्नो पहिलो जित हात पारेको हो ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। १४९ रनको लक्ष्यसहित मैदान उत्रेको अस्ट्रेलियाले खराब प्रदर्शन गर्दै निर्धारित ओभरको ४ बल बाँकी छदै अल आउट भएर १२७ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरवाजले सर्वाधिक ६० रन जोडे भने इब्राहिम जरदानले ५१ रन जोडे। जुन अफगानिस्तानको जितका लागि पर्याप्त बन्यो।

यता अस्ट्रेलियालाई जितबाट रोक्नका लागि गुलबदिन नाइबले सर्वाधिक ४ विकेट लिए भने नविन उल हकले सर्वाधिक ३ विकेट लिए। कप्तान राशिद खान, मोहम्मद नबी र अजमतुल्लाह ओमरजाइले समान १र१ विकेट हात पारे।

अस्ट्रेलियाका लागि भने ग्लेन म्याक्सवेलले ५९ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। म्याक्सवेल बाहेक अन्य कुनैपनि खेलाडीले खासै रन जोड्न सकेनन्, अस्ट्रेलियामाथि अफगानिस्तानका बलरहरू सुरुदेखि नै हाबी देखिएका थिए।

जारी सिजनमा अस्ट्रेलियाको यो पहिलो हार ब्यहोरेको हो भने सुपर ८ मा अफगानिस्तानको पहिलो जित हो।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org