ताजा समाचार

लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको हो ।

जसपा नेपाल संसदीय दलकी नेता अम्बिका काफ्लेले जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिँदै सरकारमा आफ्नो दलबाट सहभागी कृषी तथा भूमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई सरकारबाट बाहिरिन निर्देशन दिएको बताइन्।

तर, अहिर भने जसपा नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री हुन्।

जसपा नेपालले भने मन्त्री अहिरलाई अहिलेसम्म फरक दलको सांसदका रुपमा निर्वाचन आयोगले परिचय नदिएको भन्दै उनी जसपा नेपालकै सांसदका रुपमा मन्त्री बनेको दाबी गरेको छ।

जसपाबाट प्रदेश सभामा ३ जना सांसद रहेका छन्। तीन मध्य दुई सांसद भण्डारीलाल अहिर र आदेश अग्रवाल अशोक राइ नेतृत्वको नयाँ जसपामा आफूहरु सामेल भएको दाबी गर्दै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org