ताजा समाचार

आज २०८१ साल आषाढ १० गते सोमवार

मेष:  विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मिथुन : गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ ।

सिंह :  वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला: आज लगानी गर्नु पनि उपयुक्त नहोला ।बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।

धनु :आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ, तर मनमा चिन्ताले सताउने छ ।

कुम्भ: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृष :इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।

कर्कट: साथीभाइबाट सहयोग मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

कन्या :आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

बृश्चिक: दैनिक कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

मकर: व्यापार व्यवसायबाट लाभ मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ ।

मीन : मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org