देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने
काठमाडौं । काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
यस्तै, सुनसरीस्थित सप्तकोसीको चतारा र त्यस आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।
Comments
अरु समाचार
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा...
-
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
कमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित बनाउनु पर्छः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसदलाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता...
-
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ ।महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा...
-
विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट किन लिए सन्यास ?
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को...
-
आजको राशिफल:२०८१ असार १६ गते आइतवार
मेष: नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।...
-
जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण आवश्यक छः राष्ट्रपती पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार,...