ताजा समाचार

कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने

काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका बेला संविधानअनुसार पदमुक्त नै नगरी अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गरिदिएको हो । रिट खारेजीसँगै संकल्प प्रस्तावबाट बनेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीको सरकारले वैधानिकता पाएको छ ।

नयाँ सरकार गठनका विरुद्ध २७ बैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org