अफगानिस्तानमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३० घाइते
काठमाडौं । अफगानिस्तानको जलालावाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण ३५ जनाको मृत्यु भएको छ । साथै २३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ । विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्पतालमा लगिएको छ ।
प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको संकेत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्याएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्यांक अझ बढ्न सक्ने बताएको खामा प्रेसले जनाएको छ ।
प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...
-
म्यान्मारमा ‘यागी’ आँधीका कारण ७४ जनाको मृत्यु
काठमाडौं । म्यान्मारको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मार, भियतनाम, लाओस...
-
चीनको सिनिङमा नेपाली पत्रकार टोलीको जमघट, चिनियाँ चाडको अनुभव बटुल्दै
काठमाडौं । चीनमा आगामी मंगलबार मध्य शरद पर्व मनाईंदैछ । चन्द्र महोत्सव वा मुन केक महोत्सवको नामले समेत चिनिने परम्परागत...
-
म्यानमारमा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायता आह्वान
काठमाडौं । म्यानमारको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध...
-
अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा सतप्रतिशत शुल्क वृद्धि लागू गर्ने
न्युयोर्क । अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा...
-
मुख्यमन्त्री केजरिवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा...