जग्गा विवादमा महिलाको हत्या, श्रीमान पक्राउ
काठमाडौं । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ । सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो । नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।
लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो । मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।
Comments
अरु समाचार
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...
-
राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
काठमाडौं । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी...
-
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।...