ताजा समाचार

लोकमानको बहस आज सकिँदै

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतमा चलिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दाको बहस आज सकिँदैछ। आज रिट निवेदनको तर्फबाट शम्भु थापा, सुरेन्द्र भण्डारी लगायतले जवाफी बहस गर्नेछन्। उनीहरुले बहस गरेपछि कार्कीको मुद्दामा आजै बहस सकिने भएको छ।  बहस सकिएपछि आदेश पनि आजै  आउन सक्नेछ।  कार्की अख्तियारको प्रमुखमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै अधिबक्ता अोम प्रकाश अर्यालले सर्वोच्चमा रिट हालेका थिए।  संविधान संशोधन विधेयकलाई लिएर एमालेसहितका विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका कारण संसदमा दर्ता  भएको महाअभियोग प्रस्ताब अघि बढ्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org