प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् ।
यसैक्रममा प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भेटेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार वाङले विहीबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
न्यूयोर्कस्थित राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगका अनुसार सो भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।
Comments
अरु समाचार
-
दशैंलगत्तै अर्का चिनियाँ नेता नेपाल आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव छन काङ्ग नेपाल आउन लाग्नुभएको छ । सरकारी उच्च स्रोतका अनुसार...
-
एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ । बिहीबार बसेको विशेष सचिवालय...
-
जापानका प्रधानमन्त्रीद्वारा मध्यावधि निर्वाचनका लागि संसद विघटन
काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आगामी अक्टोबर २७ मा हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा बुधबार संसद विघटन गरेका छन् ।...
-
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङद्वारा रु ६० लाख हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले रु ५० लाख...
-
कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोध्ने ऊर्जा मन्त्रालयको निर्णय
काठमाडौं । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ऊर्जामन्त्री...
-
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी
काठमाडौं । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट...
-
क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने
काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना...
-
स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता
काठमाडौं । आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार...
-
राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल...