‘संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैन’
दमक, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउनुभएको छ ।
झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाउनुभयो । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने छ” उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य छ भन्नुभयो । करिब रु आठ करोडको लागतमा बन्ने एघार किमीे लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ । रासस
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...
-
प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । यसैक्रममा...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो...
-
‘नेपाल-चीनको सम्बन्ध उचाइमा पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण ‘
काठमाडौं, असोज १० । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल-चीन सरकार र जनताबिचकोे सम्बन्धलाई उचाइमा पुर्याउन दुवै मुलुकका...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...