बार–वेञ्च द्वन्द्व उत्कर्षमा: इजलास बहिष्कारसम्मको घोषणा
काठमाडौं, १६ माघ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै इजलास बहिष्कारसम्मको विरोधका कार्यक्रम घोषणा गरेको छ। बारको यो घोषणासँगै न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधीश कार्कीले उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेपछि सुरू भएको बार–वेञ्च द्वन्द्व उत्कर्षमा पुगेको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। नेपाल बारले न्यायपरिषदका दुईजना सदस्यको अनुपस्थितिमा एकलौटी र गैरकानुनी ढंगले न्यायाधीश नियुक्त गरेको भन्दै चिडिएको बारले प्रधानन्यायाधीशले निर्देशित न्यायपालिका बनाएको संघीन आरोपसमेत लगाएको छ। उसले राजनीतिक दलको सिफारिसमा न्यायाधीश नियुक्ति गरेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीश कार्की नेतृत्वको न्यायपालिका निर्देशित भएको ठहरसमेत गरेको छ। वारले प्रधानन्यायाधीश उपस्थित सवै कार्यक्रम बहिष्कार गर्नेदेखि लिएर इजलास बहिष्कारसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो। प्रधानन्यायाधीशका मात्र नभई सर्वोच्च अदालतले गर्ने सवैखाले कार्यक्रम वहिष्कार गर्ने नेपाल बारको निर्णय छ। त्यसैगरी बारले संवैधानिक इजलास गठनमा बेवास्ता गरेको भन्दै सो इजलास गठन नभएसम्म बारले विशेष खाले मुद्धामा पठाएका एमिकस क्युरी (अदालतका सहयोगी वकिल) लाई समेत बहसमा नजान निर्देशन दिएको छ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...