नायब सुब्बा फाराम भर्न तीन दिन थप
काठमाडौँ, १८ माघ । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा)को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ ।
आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी गराउनुभयो ।
उहाँले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताउनुभयो । सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गई नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गर्नुभएको हो ।
उहाँका अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ गतेको समय थप गरिएको छ । गत पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको आज मङ्गलबारसम्म सुरु दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो ।
नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म करिब २१ हजारले फाराम भरेको आयोगका दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...