दक्षिण कोरियामा प्रवासी मजदुरको अवस्था दयनिय
दक्षिण कोरिया/दक्षिण कोरियाको ख्यांग्नाम मिरयांग क्षेत्रको सिलामको खेतीमा ‘सिलामको पात टिप्ने’ काम गर्ने प्रवासी मजदुरको अवास्थ दयनिय बन्दै गएको छ । मिर्मिरेमै काममा जाने र घाम अस्ताएपछि काम सकिने, १२ घण्टा भन्दा बढी काम गरे बापतको तलब १० लाख वोनदेखि १३ लाखसम्म मात्र दिने (लगभग ९ सय देखि १२ सय डलरसम्म ) दिने गरेका छन् । यो तलब पनि समयमा नदिने २ महिनामा काटेपछि दिने ,काम गरेको उचित ज्याला पाउनेको लागि खेति मालिकलाई माग गरेमा दिनमा ३ घण्टा आराम गर्ने समय दिएको छु भनि झुट बोल्ने अनि नदिने खेति गर्ने मालीकले भनेको विश्राम समय ३ घण्टा यस्तो छ पानी खाएको , शौचालय गएको , केश मिलाएको महिला मजदुर काम गर्दा बाधेकोको कपाल खुस्कन सक्छ । मिलाउदा लाग्ने समय ,फोन गरेको खास उनीहरुले दिनमा आराम गर्ने समय दिनमा खान खाने समय १ घण्टा मात्र हो ।
दिनको दिन खेतीवाला मालिक परिवर्तन हुने आज किम साजांग ,भोलि फाक साजाग यसरि अरुको खेतबारीमा काम गर्नु गैरकानुनी हो। बस्ने कोठा प्लास्टिकको घर , बर्षाद् हुँदा पानी चुहुने ,ढोका गतिलो नभएकोले जोसुकै पस्न सक्ने ,शौचालय बाहिर प्रवासी मजदुरको कन्तविजोग (तल हेर्नुहोला काम गर्ने र बस्ने ठाउँको अवस्था) छ । तर, तिर्नु पर्ने कोठाको पैसा सहरको कोटाको बराबर छ । १ जनाले तिर्नु पर्ने भाडा ३ लाख वोन (२ सय ५० डलर लगभग यही कमायो यहि बुझायो) यस्तो समस्या समाधानको लागि रोजगर केन्द्र र तलब पाउन श्रम विभागमा उजुर गर्दा साहु कै पक्षमात्र लिने कर्मचारीहरु थोरै तलबमा धेरै काम गरिदिए फाइदा आफ्नै देशलाई छ किन बोल्थ्यो मजदुरको पक्षमा कर्मचारी ।
२०१६ सेप्टेम्बर महिनामा गरेको उजुरि हालसम्म ५ पटक तारिकमा बोलाए पनि यांग्सान श्रम बिभाग चुपचाप छ पिडित प्रवासी मजदुरको बयान मिलेन साहुको कुरा सग मेल खाएन भन्छ । पानी खादा लागेको समय ,कपाल मुलाउदा लागेको समय पनि आराम गरेको समय भन्ने साहुसग कुरा मिल्ने कुरै भएन । तर, पनि झुट बोल्ने साहुकै पछी लाग्छ कर्मचरी पनि समस्या समाधानको लागि बाहिरबाट मजदुर संगठनले फोन गर्यो भने यिनीहरुलाई किन कानुनको बारेमा जानकारी गराउनु प¥यो ।
हामीले परिवारको सदस्य जस्तै व्यवहार गरेकोछ भनेर झर्कंछ्न प्रवासी मजदुरले त हामीलाई परिवार जस्तो होइन मजदुर जस्तो व्यवहार गर भनेको हो समस्या समाधानमा साहु र श्रम विभाग गम्भीर नभएकोले शिघ्र र निस्पक्ष तरिकाले यो समस्या समाधन गर्न दवाव दिन,कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेजी गर्न माग गर्दै आज यांग्सान श्रम बिभाग अगाडी मजदुर संगठन लगाएत अन्य मानव अधिकारवादी संस्थाले पत्रकार सम्मेलन गरेको थियो । आफूलाई धनि देश र मानव अधिकारको कदर गर्ने देश भन्ने कोरियन सरकार र जनताले एकपटक प्रवासी मजदुरको यो अवस्थाको बारेमा सोच्ने की ? अनि यस्तो घटनाहरु हेरेर हामी प्रवासी मजदुर मेरो त केहि समस्या छैन ठिक छ । गालीखाँदै भए पनि अलिअलि कमार्इ भएको छ २÷४ वर्ष र्ष सहेर काम गरे समस्या स्वाहा अरुको जेसुकै होस भन्ने कि एकजुट भएर यस्तो अवस्थामा पु¥ साहु ,कर्मचारी र नीति नियमको विरोध गर्ने ?
लेखक प्रवासी मजदुर संगठन अध्यक्ष हुन्
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...