ताजा समाचार

निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर सुगम सहकारीले मनायो ३७ औं बार्षिकोत्सव

काठमाडौं । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सुगम वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३७ औं बार्षिकोत्सव बनाएको छ । नेपाल मेडिकल कलेजको प्राविधिक सहयोगमा सहकारीले शिविरको आयोजना गरेको हो ।

शिविरमा विशेष गरी हाईड्रोशिल, हर्निया, आङखस्ने पाठेघरको समस्या लगायतका समस्याहरुको जाँच गरिएको सहकारीले जनाएको छ । सहकारी संस्थाको कार्यक्षेत्र कपन, चुलिखेल र गोकर्णेश्वरका करिब २०० जना विरामीले स्वास्थ्य परीक्षण गरी शिविरको प्रत्यक्ष लाभ लिएका छन् ।

नेपाल मेडिकल कलेजको विशेष सहयोगमा महिलाहरुमा आङ खस्ने समस्या भएका विरामीका शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्च र सबै थरीका उपचार खर्चमा लाग्ने ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको थियो ।

आर्थिक रुपमा कमजामेर, रोगबारे जानकारी नभएका तथा लाजका कारण रोग लुकाईरहेका र जानीनजानी विभिन्न समस्या भागेर बसेका विरामीले स्वास्थ्य लाभ लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org