ताजा समाचार

अस्पतालबाटै चोरी भएको शिशु तीन दिन पछि फेला

 

वीरगन्ज, २३ माघ। नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार प्रहरीले फेला पारेको छ। पर्सा जिल्लाको बेल्वा गाविस वार्ड नम्बर–९ बाट प्रहरीले आइतबार दिउँसो करिब साढे १ बजे लाल्सादेवीको घरबाट शिशु फेला पारेको हो। प्रहरीका अनुसार बच्चालाई अहिले अस्पातलको आईसीयूमा राखिएको छ। यसबारे जानकारी दिन आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गर्दैछ। वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीको नवजात शिशु शुक्रबार अस्पतालको प्रसूति वार्डबाट हराएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org