हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा
![](http://news-nepal.com/wp-content/uploads/2017/02/Medicin3.jpg)
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो ।
ती जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको महाशाखाका तुलसी अधिकारीले बताउनुभयो । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने उहाँको भनाइ छ ।
अभियानअन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथबाट औषधि खुवाउने छ भने दोस्रो र तेस्रो दिन घरदैलो भने घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा सो रोगको सर्वे गर्ने र निःशुल्क हाइड्रोसिल शल्यक्रियाका लागि रु ३६ करोड विनियोजन गरेको छ ।
अभियान सञ्चालन हुने जिल्लामा पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका छन् ।
नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन ्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ । जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम समाप्त भइसकेको महाशाखाले जनाएको छ ।
त्यसैगरी हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।
नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।
विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।
सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ । रासस
Comments
अरु समाचार
-
पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका...
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४...
-
बुहारीले लगाइदिइन् ससुराको गोठमा आगो
काठमाडौं । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित...
-
युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ...
-
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर...