पत्रकारिता क्षेत्रः गुणस्तरभन्दा सङ्ख्या वृद्धि
काठमाडौँ, २५ माघ । पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३/०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन् । आव २०७२/०७३ सम्म सात सय दुईले मात्र अनुमति लिएका थिए । सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन् । आव २०७२/०७३ सम्म पाँच सय ६५ मात्रै नियमित सञ्चालनमा थिए ।
विसं २०६३ साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ । यो तथ्यलाई हेर्ने हो भने २०६२/०६३ पछि दश वर्षका अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ ।
इजाजत लिएकामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र करिब ३६ रेडियोले इजाजत लिएका छन् । कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिइएकामा अधिकांश सञ्चालनमा छन् ।
नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो ।
एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति अनुमति भने लिइएको छ । नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा रेडियो सञ्चालन मात्रै गर्नेभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो ।
मन्त्रालयका उपसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्ङ्याङक शाखा प्रमुख रुद्रादेवी शर्माले चालु आवको प्रथम चौमासिकसम्म ९८ टेलिभिजनले अनुमति लिएको र २६ नियमित प्रसारणमा रहेको जानकारी दिनुभयो ।
आव २०७२÷२०७३ सम्ममा ९३ ले मात्र अनुमति लिएका थिए भने २५ नियमित सञ्चालनमा थिए । सूचना विभागका अनुसार दैनिक, साप्ताहिक र वार्षिकलगायत सबै गरी २०७२ चैत मसान्तसम्म सात हजार एक सय ९७ पत्रपत्रिका दर्ता भएका छन् । विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलना वृद्धि हुँदै गएको छ ।
प्रेस काउन्सिल नेपालका अनुसार हालसम्म पाँच सय ४८ अनलाइन काउन्सिलमा सूचीकरण भएका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले हरेक हिसाबले नेपालमा यति धेरै मिडियाको आवश्यकता नभएको हुँदा ती मिडियाबीच एकीकरण गर्नेबारे काउन्सिलले छलफल अगाडि बढाएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भएअनुसार गुणस्तरमा वृद्धि नभएको पक्कै हो, तर पहिलाको तुलनामा पत्रकारिताको गुणस्तर खस्कियो भन्ने चाहिँ होइन भन्नुभयो । डा विष्टले भन्नुभयो– “समग्रमा पत्रकारिता क्षेत्रको गुणस्तर कमजोरभन्दा पनि विषयवस्तु र प्रविधिअनुसार गुणस्तरीय हुन नसकेको हो ।”
काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की मिडियाको सङ्ख्यामा भने तीव्र रूपमा वृद्धि भएको छ, तर गुणस्तर घट्दै गएको बताउनुहुन्छ । “मिडिया सञ्चालन गर्ने पूर्वाधार र आवश्यकताबिना नै सम्बन्धित निकायले अनुमति दिएका कारण पनि सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको छ, अब यसलाई व्यवस्थापन गर्न एकापसमा एकीकरण गर्नु आवश्यक छ”, कार्कीले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका...
-
बाटो काटिरहेको कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका...
-
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
काठमाडौं । ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले...
-
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४...
-
बुहारीले लगाइदिइन् ससुराको गोठमा आगो
काठमाडौं । दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका-५ साकिने निवासी ७३...
-
राजस्व अनुसन्धान विभागलाई बदनाम गर्न तस्कर सक्रिय
काठमाडौं । राजस्व चुहावट र छलीका घटना नियन्त्रण गरि कानुनी कारवाही गर्न राजस्व अनुसन्धान विभागमा अघिल्ला महानिर्देशक नवराज ढुंगाना आएदेखि...
-
माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित...
-
युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ...
-
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौं। गुल्मीमा गए राति पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर...