ताजा समाचार

डिजिटल प्रेस क्लिपिङ सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

 

काठमाडौं, २५ माघ । डिजिटल प्रेस क्लिपीङ सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विकासको रणनीति केन्द्रमुखी रहेको, मिडियामा सर्वसाधरणको पहुँच रहेको धारणा राख्दै राजनेतालाई सकारात्मक आलोचनाबाट सुधारोन्मुख बनाउनुपर्नेमा जोड दिनुभएको छ । डिजिटल नेपालको विकासबाट समाजलाई परिवर्तन गर्न सकिने हुँदा आफूले त्यसतर्फ ध्यानकेन्द्रित गर्ने प्रतिवद्धता व्यक्त उहाँले गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले उपराष्ट्रपति नन्दबहादुर पुनले पठाउनुभएको शुभकामना सन्देश बाचन गर्नुको साथै डिजिटल प्रेस क्लिपीङ्को औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।
शिक्षामन्त्री धनिराम पौडेल, युवा तथा खेलकुदमन्त्री दलजीत शेरपाइलीले नेपालको मिडियालाई डिजिटलाइजेशनबाट सुशासनको प्रत्याभूत गर्दै सर्वाङ्गिन बिकासमा बल पुग्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले सवै खालका अनलाइन, युट्यूब, अनलाइन टिभी लगायतको मिडियाको हब बनेको नारकोसी डटकमले जबाफदेही बन्दै गौरव गर्ने दिन आउनुपर्ने धारणा राख्नुभएको थियो ।

कलाकार जितु नेपाल र मनोज गजुरेलले सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै सामाजिक सञ्जाल, मिडियाको विकृति र विसंगतीको बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्नुहुँदै पत्रकारले पनि सार्थक समाचारको खोजी गर्न आग्रह गर्नुभयो ।

बुनेसा इन्टरनेशनलका सिईओ शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवाको बारेमा स्पष्ठ पार्नुभई संसारभरी रहेका ५०० बढी नेपाली अनलाइनलाई नारकोसी डटकमबाट आफूले चाहेको भौगोलिक र बिषयगत आधारमा समाचारहरु हेर्न सकिने बताउनुभयो । अनलाइन तथा युट्युब च्यानेलबाट पोष्ट गरेका सामग्रीहरु पनि नारकोसी डटकमबाट हेर्न सकिने हुँदा समयको बचत हुने उहाँको धारणा थियो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल र बुनेसा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत खेम शर्माले डिजिटल प्रेस क्लिपीङ् सेवा सञ्चालनसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार काउन्सिलले सो सेवाको सञ्चालन गर्ने र ग्राहक बनाएबापत केही सेवाशूल्क बुनेसालाई दिने उल्लेख छ । प्रेस काउन्सिल नेपाल प्रेस क्लिपीङ् सेवा उपसमिति संयोजक गोविन्द प्रसाद चौलागाईँले सहभागीलाई धन्यवाद दिनुभयो । कलाकार दिनेश डिसीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । अनलाइनमा प्रकाशित विषयवस्तुलाई भौगोलिक तथा बिषयगत आधारमा एकै क्लिपमा संकलन गरी सेवाग्राहीको माग बमोजिम डिजिटल कपी नियमित वितरण गर्न सकिने बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org