ताजा समाचार

राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित

 

जाजरकोट, २६ माघ । राधिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै यहाँका महिला आन्दोलित भएका छन् ।

राधिका सुनारका हत्यारालाई कडा र छिटो कारबाही गर्न माग गदै जाजरकोटका महिला आन्दोलित भएका छन् ।

यही माघ २३ गते बिहान भेरीमालिका–४ बोहराकी की २८ वर्षीय राधिका सुनारको हत्या भएको थियो । हत्यापछि तत्काल प्रहरीले राधिकाका श्रीमान् दलबहादुर सुनारलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछपश्चात् दलबहादुरलाई छोडिएको थियो ।

हत्या गरेको केही दिन बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको भन्दै महिला आन्दोलित भएका छन् । दोषीलाई कारवाही नहुन्जेलसम्म आन्दोलन नरोकिने स्थानीय शान्ता विकले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org