अमेरिकी चुनावमा रसियाली प्रभावबारे एफबिआईले पनि अनुसन्धान गरेको खुलासा
वासिङटन । अमेरिकी सुरक्षा एजेन्सी एफबिआईका निर्देशक जेम्स कोमेले पहिलो पटक एफबिआईले सन् २०१६ को चुनावमा रसियाली हस्तक्षेपको बारेमा अनुसन्धान गरिरहेको स्वीकार गरेका छ । यद्यपि, कोमेले ओबामा सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्याप गरेको प्रमाण भने फेला नपारेको बताएका छन् । कंग्रेसको इन्टिलिजेन्स कमिटीलाई प्रमाण दिँदै सो कुरा बताएका हुन् ।
यता, ट्रम्प सरकारले भने ट्रम्प र रसियाबीच सहकार्यको कुनै प्रमाण नभएको दाबी गरेको छ ।
रसियाले अमेरिकी चुनावलाई प्रभावित गर्ने खालका कुनैपनि नगरेको बताउँदै आएको छ ।
एफबिआईले ट्रम्पको चुनावी प्रचारमा संलग्न व्यक्ति र रसियाली सरकारबीचको सम्बन्धको बारेमा अध्यनन गरि दुईबीच सहकार्य भए–नभएको अनुसन्धान गर्नेछ ।
‘एफबिआईले यसमा कुनै अपराध भए नभएको पनि पत्ता लगाउने छ,’ कोमेले भने । उनले यो अनुसन्धान जटिल भएको र कहिले यो पूरा हुन्छ भनेर समयतालिका दिन नसकिने पनि बताए
ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन स्पाइसरले एसबाट आफूहरु चिन्तित नभएको बताएका छन् । ‘तपाइँहरु केही कुराको अनुसन्धान गर्न पाउनुहुन्छ । तर, जुन कुराको अस्तित्व नै छैन, त्यसको अनुसन्धान गर्नुको कुनै अर्थ छैन,’ स्पाइसरले भने ।
नेसनल सेक्युरिटी एजेन्सीका प्रमुख एडमिरल माइक रोजर्स पनि कमिटी समक्ष उपस्थित भएका थिए । उनले एनएसले गत जनवरीमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पका प्रतिद्वन्द्वी हिलारी विरुद्ध अभियान चलाउन निर्देशन दिएको रिपार्टप्रति आफूहरु प्रतिबद्ध भएको बताएका थिए ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...