ताजा समाचार

अमेरिकी चुनावमा रसियाली प्रभावबारे एफबिआईले पनि अनुसन्धान गरेको खुलासा

वासिङटन  ।  अमेरिकी सुरक्षा एजेन्सी एफबिआईका निर्देशक जेम्स कोमेले पहिलो पटक एफबिआईले सन् २०१६ को चुनावमा रसियाली हस्तक्षेपको बारेमा अनुसन्धान गरिरहेको स्वीकार गरेका छ । यद्यपि, कोमेले ओबामा सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्याप गरेको प्रमाण भने फेला नपारेको बताएका छन् । कंग्रेसको इन्टिलिजेन्स कमिटीलाई प्रमाण दिँदै सो कुरा बताएका हुन् ।

यता, ट्रम्प सरकारले भने ट्रम्प र रसियाबीच सहकार्यको कुनै प्रमाण नभएको दाबी गरेको छ ।
रसियाले अमेरिकी चुनावलाई प्रभावित गर्ने खालका कुनैपनि नगरेको बताउँदै आएको छ ।
एफबिआईले ट्रम्पको चुनावी प्रचारमा संलग्न व्यक्ति र रसियाली सरकारबीचको सम्बन्धको बारेमा अध्यनन गरि दुईबीच सहकार्य भए–नभएको अनुसन्धान गर्नेछ ।

‘एफबिआईले यसमा कुनै अपराध भए नभएको पनि पत्ता लगाउने छ,’ कोमेले भने । उनले यो अनुसन्धान जटिल भएको र कहिले यो पूरा हुन्छ भनेर समयतालिका दिन नसकिने पनि बताए

ह्वाइट हाउसका प्रेस सेक्रेटरी सेन स्पाइसरले एसबाट आफूहरु चिन्तित नभएको बताएका छन् । ‘तपाइँहरु केही कुराको अनुसन्धान गर्न पाउनुहुन्छ । तर, जुन कुराको अस्तित्व नै छैन, त्यसको अनुसन्धान गर्नुको कुनै अर्थ छैन,’ स्पाइसरले भने ।

नेसनल सेक्युरिटी एजेन्सीका प्रमुख एडमिरल माइक रोजर्स पनि कमिटी समक्ष उपस्थित भएका थिए । उनले एनएसले गत जनवरीमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पका प्रतिद्वन्द्वी हिलारी विरुद्ध अभियान चलाउन निर्देशन दिएको रिपार्टप्रति आफूहरु प्रतिबद्ध भएको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org