ताजा समाचार

सुर्खेतमा नयाँ क्षयरोगीको पहिचान

सुर्खेत । सुर्खेतमा चालु आर्थिक वर्ष साउनदेखि हालसम्म ३ सय ६७ जना नयाँ क्षयरोगी फेला परेको छन् । जिल्ला जनस्वाथ्यका सुर्खेतमा कार्यलयद्वारा आयोजित विश्व क्षयरोग दिवसको अवसरमा विहिवार वीरेन्द्रनगरमा सञ्चारकर्मीलाई सो जानकारी दिइएको हो ।

विश्व क्षयरोगबाट करिब १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट पिडित हँुदै आएको जिल्ला जनस्वाथ्य क्षय कुष्ट रोग अधिकृत गणेश गौतमले जानकारी दिए । प्रत्येक वर्षमा ४४ हजार नयाँ क्षयरोगीहरुको जनसंख्या रहको जस्मा नेपालमा करिब ६० प्रतिशत वयस्कहरुमा देखा परेको र ८० हजार मानिसहरु क्षयरोगबाट पिडित हुने गरेको गौतले बताए ।

५ प्रतिशत जनसंख्यामा क्षयरोगका किटाणु प्रवेश गरेको तथ्याङमा रहेको अधिकृत गौतले जनाकारी दिए । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीय स्वाथ्य निर्देशलयका क्षयरोग अधिकृत पदम केसीले क्षयरोगको औषधी खाने ९२ प्रतिशत रोगी निको भएको बताए । औषधी घरमा लिएर खानु भन्दा स्वाथ्य संस्था आएर खानु पर्ने उनको भनाई छ ।

औषधी नियमित ६ महिना खाएमा क्षयरोग निको हुने र क्षयरोगको औषधी निशुल्क स्वास्थ्य संस्थाहरुमा पाइने उनले बताए । क्षयरोगका बिरामीलाई उपचारको अवधी भर मासिक ५ सयको दरले पोषण खर्च नेपाल सरकारले व्यवस्था गरेको बताए । सन २०१४ को तथ्याङ्क अनुसार प्रत्येक वर्ष क्षयरोगबाट १५ लाख मान्छे मर्ने गरेको छ भने अधिकांश क्षयरोगी विकासोन्मुख देशका रहेका छन ।

हरेक वर्ष ८० लाख मानिसमा क्षयरोग लाग्ने गरेको छ । विश्वमा एक तिहाइ जनसख्यामा क्षयरोग देखा परेको छ भने नेपालमा ४५ प्रतिशत मानिसमा क्षयरोग देखा पर्ने गरेको छ । नेपालमा ४० हजार मानिस हरेक वर्ष क्षयरोगका कारण मृत्यु हुने गरेको पाइएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org