ताजा समाचार

फोहोरको थुप्रोमा भेटियो गोली

काठमाडौं । काठमाडौं ठमेलमा वेवारिसे गोली भेटिएको छ । अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा फोहोरको थुप्रोमा १९ राउण्ड गोली भेटिएको हो । दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो । प्याकेटमा भेटिएको १९ राउण्ड गोली ६।५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org