निर्वाचनमा पुनःनिर्माणको विषय उच्च प्राथमिकतामा
बनेपा, १४ चैत । काभ्रेपलाञ्चोकमा राजनीतिक दल गाउँगाउँ पसेपछि स्थानीय तहको निर्वाचनमा पुनःनिर्माणको विषयले उच्च प्राथमिकता पाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि चुनावी माहोल बनाउन गाउँ पसेका राजनीतिक दलका लागि पुनःनिर्माणको विषय चुनावी नारा जस्तै भएको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिनुभयो ।
‘‘पुनःनिर्माण कहिले हुन्छ, कसरी हुन्छ, किन हुँदैन भनेर गाउँमा जनताले प्रश्न गरिरहेका छन्’’ – उहाँले भन्नुभयो ।
अध्यक्ष गौतमले पुनःनिर्माणको अनिवार्य आवश्यकता भएपछि स्थानीय तहको निर्वाचनका लागि जनतामा उत्साह देखिएको उल्लेख गर्दै जिल्लाको गाउँपालिका र नगरपालिकामा वडा भेला जारी रहेको बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले पुनःनिर्माणको विषयले स्थानीय तहको निर्वाचनमा उच्च प्राथमिकता पाएको उल्लेख गर्दै जनताको अवस्था गाउँमा दयनीय भएको बताउनुभयो ।
उहाँले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा भेला, प्रशिक्षण र बैठक जारी रहेको जानकारी दिँदै वालिग मताधिकारलाई प्रयोग गर्न जनतालाई आग्रह गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले स्थानीय तहको निर्वाचनमा गाउँ जाँदा पुनःनिर्माणको विषय उच्च प्राथमिकताका साथ उठ्ने गरेको उल्लेख गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन लक्षित विभिन्न बैठक, भेला प्रशिक्षण जारी रहेको उल्लेख गर्दै जनतालाई निर्वाचनको महत्वबारे जानकारी गराइएको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले निर्वाचन लक्षित विभिन्न कार्यक्रम तीव्र भएको उल्लेख गर्दै चैतको अन्तिम साताबाट मतदाता शिक्षा सञ्चालन गरिने जानकारी दिनुभयो ।
प्रमुख राजनीतिक दलसहित राप्रपा नेपाल, मजदुर किसान पार्टी, जनमोर्चा नेपाल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायतका साना दल पनि निर्वाचनका लागि गाउँगाउँ पुगेका छन् ।
निर्वाचन कार्यालयमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसद्मा प्रतिनिधित्व गर्छन् । जिल्लाको पुनःसंरचनाअनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन् । रासस
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो,
काठमाडौं । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच...
-
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि...
-
पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा...
-
वर्षाका कारण हवाई उडान प्रभावित
काठमाडौं । बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन...