ताजा समाचार

कारितास नेपालद्वारा किसानलाई हाते ट्याक्टर

सुरुङ्गा (झापा), १५ वैशाख । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत कारितास नेपालले साना किसानलाई एक थान हाते ट्याक्टर उपलब्ध गराएको छ ।

साना किसानका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिम) कृषक पाठशालाका किसानलाई कारितास नेपालले हाते ट्याक्टर उपलब्ध गराएको हो । झापाको बुद्ध–शान्ति गाउँपालिका–७ सुनमाईका किसान सूर्यकुमार भट्टराईलाई सहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भण्डारीले हाते ट्याक्टर बिहीबार प्रदान गर्नुभयो ।

रु एक लाख मूल्य पर्ने सो हाते ट्याक्टर कारितास नेपालको ६० प्रतिशत अनुदान र ४० प्रतिशत किसान स्वयम्ले व्यहोरेपछि ट्याक्टर खरिद गरिएको थियो । दुई बिगाहा जग्गा लिजमा लिएर टमाटर, कोपी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका भट्टराईले उत्कृष्ट कार्य गरेको भन्दै उहाँलाई हाते ट्याक्टर प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org