ताजा समाचार

पैसा लिएर मेयरको टिकट बेचेको आरोप लगाउँदै एमाले नेता कुर्मी फोरममा प्रवेश

वीरगञ्ज, १४ असार । नेकपा एमाले पर्साका नेता सुन्दर कुर्मी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट दिने सर्तमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पार्टीमा भित्र्याएपछि कुर्मी रुष्ट बनेका थिए । जिल्लाले मेयरमा कुर्मीसँगै तीन जनाको नाम सिफारिस भएको थियो र उनी प्रमुख दावेदार थिए । तर पार्टीले कुर्मीलाई टिकट नदिई अन्सारीलाई टिकट दिएका थियो ।

फोरम प्रवेश कार्यक्रममा कुर्मीले एमालेका कार्यकर्ता पार्टी, मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको बताएका छन् ।

उनले भने, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा मेयरको टिकट पैसा लिएर दिने काम भएपछि एमालेबाट हाम्रो मोह भंग भएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org