साझा पार्टी र विवेकशील पार्टीबीच एकता घोषणा, ३४ सदस्यीय केन्द्रीय समिति बन्यो
काठमाडौं, ११ साउन । साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच एकीकरण भएको छ । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीच आज एकीकरण भएको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।
नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ । नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने एकीकृत पार्टीले जनाएको छ ।
त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसको सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा, अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...