यमनमा दशक यताकै गम्भीर भोकमरी, मानवीय अवस्था संकटमा
एजेन्सी, २३ कात्तिक । यमनमा पछिल्लो दशककै ठूलो तथा गम्भीर भोकमरीको अवस्था आएको संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले बताएका छन् । तत्काल मानवीय सहायता नपुग्ने हो भने यमनका लाखौं मानिस भोकमरीको चपेटामा पर्ने संयुक्त राष्ट्रसंघको मानवीय सम्बन्ध सम्बन्धी उपमहासचिव मार्क लोककले चेतावनी दिनुभएको छ ।
साउदी अरेबियाले यमनसँगको कुटनीतिक सम्बन्ध तोडेर सबै मार्ग बन्द गरेपछि त्यहाँ मानवीय सहायता पुर्याउन कठिन भएको छ । तत्काल सहायता सामग्री पठाउने व्यवस्था नभएमा भोकमरीले बिकराल रुप लिने राष्ट्रसंघले चेतावनी दिएको हो । यमनमा संघर्षरत हुथी बिद्रोहीले साउदी अेरिबयाको रियादमा मिसाइल प्रहार गरेपछि साउदी अेरिबया नेतृत्वको गठबन्धनले यमनसँगको सम्बन्ध तोडेको हो । मिसाइललाई साउदी अरेबियाको राजधानी रियाद पुग्नु भन्दा अघि नै रोकिएको थियो ।
हुथी बिद्रोहीलाई इरानले सहयोग गरेको र मिसाइलसहितका हातहतियार प्रदान गर्दै आएकाले त्यसलाई रोक्नका लागि प्रतिबन्ध आवश्यक रहेको साउदी अरेबियाले बताएको छ । इरानले भने हुथी बिद्रोहीलाई आफूले कुनै किसिमको सहयोग नगरेको दाबी गर्दै आएको छ ।
यमनमा सन् २०१५ को मार्चदेखि संघर्ष सुरु भएको हो । अहिलेसम्म त्यहाँ ८ हजार ६ सय ७० जनाको ज्यान गएको छ । मारिनेमा ६० प्रतिशत भन्दा बढी सर्वसाधारण नागरिक रहेका छन् । अहिलेसम्म ४९ हजार ९ सय ६० जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Comments
अरु समाचार
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...