म्यानमारमा रोहिङ्ग्या विरुद्ध अमावीय ज्यादति, एक महिनामा साढे ६ हजारको हत्या
यांगुन, २८ मङसिर । म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको छ । यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको आशङ्का यसअघि नै गरिएको थियो ।
संयुक्त राष्ट्रसंघ र संयुुक्त राज्य अमेरिकाले भने यसअघि नै म्यानमारमा रोहिङ्ग्याका विरुद्धमा गरिएको एउटा ठूलो जातीय सफाया भन्दै आएको थियो । तर म्यानमारले भने स्वीकार गरेको थिएन । बिहीबार डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा सार्वजनिक भएको हो । नागरिकमाथि सैनिकले ज्यादति गरेको कुरा पनि सो प्रतिवेदनमा लेखिएको छ ।
त्यस कारबाहीका क्रममा बालबालिकाको हत्या गरेको तथा महिलाहरुमाथि बालात्कार भएको पनि संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा दुई महिना मात्र अघि जनाइएको छ । रोहिङ्ग्या समुदायकै नागरिकलाई लक्ष्य गरेर सो हिंसा भएको उक्त प्रतिवेदनमा जनाइएको छ । गएको अगष्ट २५ बाट उनीहरु विरुद्धको कारबाही थप आक्रामक बन्दा उनीहरु भागेर म्यानमार प्रवेश गरेका थिए । राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि मारिएका हुन् । त्यस्तै महिलामाथि पनि ज्यादति भएको थियो ।
म्यानमारमा राखिन राज्यमा सेनाले गरेको ‘एरिया क्लीयरेन्स अपरेशन’ का क्रममा गत अक्टोबर १० गतेदेखि सुरु भएको अभियानमा ती मानिसको हत्या भएको राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको थियो । अल्पसङ्ख्यक मुसलमान माथि म्यानमारका सुरक्षाकर्मी वा गैरसैनिक लडाकूद्वारा सेना र प्रहरीको संरक्षणमा आतकङ्क सिर्जना गर्ने र प्रतिकार गर्ने नागरिकका परिवारजनमाथि हिंसात्मक कारवाही गरिएको सो संस्थाले जनाएको छ ।
बङ्गलादेशको शरणार्थी शिविरमा रहेका ११ हजारभन्दा बढी शरणार्थीमा यस विषयमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानका आधारमा यो प्रतिवेदन सार्वजनिक गरिएको समाचारमा जनाइएको छ । अन्तवार्ताका क्रममा ४७ प्रतिशत शरणार्थी शिविरका सदस्यले आफ्ना अभिभावकलाई सुरक्षाकर्मीले हत्या गरेको बताएका थिए भने ४३ प्रतिशत किशोरी तथा महिलाले आफुहरुमाथि बलात्कार भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार कार्यालयका एक अधिकारीले म्यानमारमा अल्पसङ्ख्यक आदिवासी मुशलमान समुदायलाई राखिन राज्यबाट हटाउने अभिप्रायले सो कारवाही चलाएको जनाएका छन् । यसरी लखेटिएर ६ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । उनीहरु हाल त्यहाँ शरणार्थी शिविरमा बसिरहेका छन् । एएफपी
Comments
अरु समाचार
-
एक दिने भ्रमण सकेर फर्किइन् जापानी विदेशमन्त्री
काठमाडाैँ । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको आइतबार राति स्वदेश फिर्ता भएकी छन् । जापानको...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...