अब युएई जाने विदेशी कामदारका लागि पुलिस रिपोर्ट चाहिने
![](http://news-nepal.com/wp-content/uploads/2018/02/10931072_764251996988528_5367235169771740844_n.jpg)
काठमाडौं, २४ माघ । अबदेखि युएई जाने विदेशी कामदारले अनिवार्य प्रहरी रिपोर्ट बनाउनुपर्ने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो ।
युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउनुपर्नेछ । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ ।
![](http://news-nepal.com/wp-content/uploads/2018/02/27459001_1580390628707990_3439402687398470281_n.jpg)
पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनुपर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन ।
युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनुपर्छ । अन्यथा यहाँ आएर पासपोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिए ।
युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ ।
चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।
Comments
अरु समाचार
-
हमासलाई सत्ताबाट नहटाएसम्म गाजामा युद्ध जारी रहन्छ: प्रधानमन्त्री नेतन्याहु
काठमाडौं । हमासलाई सत्ताबाट नहटाएसम्म दक्षिणी गाजामा युद्ध नरोकीने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छ । गाजाको रफाहमा जारी आक्रमणको...
-
रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले...
-
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले...
-
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
काठमाडौं । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको...
-
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
काठमाडौं । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको...
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
काठमाडौं । भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्एिको र कम्तीमा आठ...
-
अमेरिकाले युक्रेनलाई एक अर्ब ५० करोड डलर सहायता दिने
काठामाडौं । अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार...