ताजा समाचार

प्रदेश नम्बर ५ को सरकारले चैत २९ गते बजेट ल्याउने

काठकाडाैं, १८ । प्रदेश नम्बर ५ को सरकारले अागामी तीन महिनाभित्र खर्च गर्ने गरी बजेट ल्याउने तयारी गरेकाे छ । 

 यहि चैत २९ गते  प्रदेश नम्बर ५ को सरकारले  बजेट ल्याउने तयारी गरेको  हाे ।

चालू आर्थिक वर्षको बाँकी अवधिका लागि संघीय सरकारबाट समानीकरण अनुदानबाट एक अर्ब २ करोड रुपैयाँ रकम प्रदेश सरकारलाई प्राप्त भएको छ।  चैत २५ गते बस्ने संसद बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

मन्त्रालयले ५ नम्बर प्रदेशका सबै मन्त्रालयका सचिव तथा लेखा प्रमुखहरूसँग बजेटका सामान्य सिद्धान्तका सम्बन्धमा छलफल गरी ११ बुँदे मार्गदर्शनसहित पत्राचार गरेको थियो।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org