यहि चैत २९ गते प्रदेश नम्बर ५ को सरकारले बजेट ल्याउने तयारी गरेको हाे ।
चालू आर्थिक वर्षको बाँकी अवधिका लागि संघीय सरकारबाट समानीकरण अनुदानबाट एक अर्ब २ करोड रुपैयाँ रकम प्रदेश सरकारलाई प्राप्त भएको छ। चैत २५ गते बस्ने संसद बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
मन्त्रालयले ५ नम्बर प्रदेशका सबै मन्त्रालयका सचिव तथा लेखा प्रमुखहरूसँग बजेटका सामान्य सिद्धान्तका सम्बन्धमा छलफल गरी ११ बुँदे मार्गदर्शनसहित पत्राचार गरेको थियो।